पूर्वयुवराज्ञी हिमानी शाह उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्।
उनी घाँटीमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा बुधबार नै भर्ना भएको बताइएको छ।
टन्सिल भएपछि त्यसको उपचारका लागि उनी अस्पतालमा भर्ना भएकी हुन्। उनीसँगै पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा रहेका छन्।पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफूले टक्कर दिएर ढालेको बताएका छन्।
बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपालले कसैले पनि टक्कर दिन नसक्ने ठानेका ओलीलाई टक्कर दिँदै उनी नेतृत्वको सरकार आफूले ढालेको टिप्पणी गरेका हुन्।
‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर। मैले नै टक्कर दिएर उनको सरकार ढालेँ। अहिले केपी ओली बर्बराएको हो कि उटपट्याङ कुरा गर्छन्। उनका कुराहरू भनेको आक्रोशले भरिएको छ,’ उनले भने।
सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा खारेज गरेपछि एमाले र माओवादी ब्युँतिएको थियो। त्यसपछि माओवादीले सरकारको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले संसदमा २०७८ वैशाख २७ मा विश्वासको मत लिएका थिए।
त्यसबेला नेता नेपाल पक्षका २८ सांसदले ओलीलाई विश्वासको मत नदिँदा उनको सरकार संकटमा परेको थियो। यो प्रकरणबाट एमालेमा विवाद चर्किंदै गएपछि नेपाल र अध्यक्ष ओली पक्षधरले १० बुँदे सहमति गरेका थिए।
त्यस सहमति पालनामा अध्यक्ष ओलीले बेवास्ता गरेको आरोप लगाउँदै नेता नेपालले २०७८ भदौ ९ मा एमालेबाट अलग भएर आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए।
प्रकाशित मिति २०७९ कार्तिक २४ गते बिहिबार ०३:५४