काठमाडौं -: प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको पक्षमा जनमत बनेको स्वीकार्नु भएको छ । सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेकपाले आफ्नो पक्षमा मान्छे उतारेको स्वीकार गर्नुभयो ।
प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नुभएको नेकपाको पक्षमा उत्रिएका नागरिकलाई प्रलोभनमा परेर उत्रिएको आरोप लगाउन भने उहाँ पछि पर्नुभएन । ‘उहाँले पञ्चर्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौँ भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराजाले जे गर्थे त्यही गर्नु भएको छ, त्यसको केही अर्थ र महत्व छैन’, नेकपाको पक्षमा उत्रिएको जनमतको अपमान गर्दै प्रचण्डले आरोप लगाउनुभयो ।
प्रचण्डले आफूहरु संविधान र लोकतन्त्र माथिको प्रहार विरुद्ध आन्दोलनमा रहेको पनि बताउनुभयो । प्रचण्डले नेपाली जनताले प्राप्त गरेको उपलब्धि धरापमा परेको भन्दै यसलाई जोगाउन एकजुट हुन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता र राम्रो दिमाग नागरिक सबै प्रतिनिधिसभा विघटनविरुद्ध रहेको बताएका छन्।
श्रद्धाञ्जली सभाका लागि सोमबार बिहान चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले सबै एकजुट भएर प्रतिगमनलाई पराजित गर्नुपर्ने तर्क गरे।
उनले आगामी निर्वाचनमा पनि प्रधानमन्त्री ओलीलाई हराएर देखाउने दाबी गरे।‘प्रतिगमनको बाटो पक्रिएसँगै ओली हारिसक्नु भयो, उहाँ मतमा पनि हार्नुहुन्छ, व्यवहारमा पनि हार्नुहुन्छ,’प्रचण्डले भने।
उनले ओली सरकारले घोषणा गरेको निर्वाचन कुनै हालतमा नहुने उनले बताए। प्रधानमन्त्री ओलीले बुटवलको आमसभामा टाउको गनेर नभइ बाकस थापेर जनता कसको पक्षमा छ भन्ने कुरा देखाउन प्रचण्ड-माधव पक्षलाई चुनौती दिएका थिए।
ओलीको त्यो कुराको खण्डन गर्दै प्रचण्डले पहिले राजा-महाराजाले गर्ने जस्तै पञ्चर्याली जम्मा गर्ने, जमिन बाँड्छौँ भनेर मान्छे उतारेर केही नहुने बताए।
प्रकाशित मिति २०७७ फाल्गुण ३ गते सोमबार ०९:३२