निर्वाचनमा धाँधली गर्ने उदेश्य विफल, १५ हजार नक्कली मतपत्रसहित एक भारतीय नागरिक पक्राउ

निर्वाचनमा धाँधली गर्ने उदेश्य विफल, १५ हजार नक्कली मतपत्रसहित एक भारतीय नागरिक पक्राउ

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ३० गते बुधबार ०७:१०

वीरगञ्ज (पर्सा) । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा धाँधली गर्ने उदेश्यले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको १५ हजार नक्कली मतपत्रसहित पर्सा प्रहरीले १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार...

वीरगञ्ज (पर्सा) । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा धाँधली गर्ने उदेश्यले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको १५ हजार नक्कली मतपत्रसहित पर्सा प्रहरीले १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित पश्चियम चम्पारन नरकटिया ग्रामपंचायत वडा नम्बर १४ का ४० वर्षीय ईजाजत अहमद रहेका छन् ।

मंगलबार दिउँसो पर्साको जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकखण्डमा बीओपी भिखमपुर पर्साबाट खटिएको शसस्त्र प्रहरी टोलीले १५ हजार नक्कली मतपत्रसहित अभियुक्त अहमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भारतबाट नेपालको दशौतातर्फ आँउदै गरेको बीआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकलमा सवार अहमदलाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको पछाडि राखिएको हरियो रंगको बोरामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सन्बन्धी १५ हजार मतपत्रहरु फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको हुँदा यसरी भारतबाट नै मतपत्र ल्याउने विषय निकै गम्भीर रहेको छ । यो घटना पश्चात पर्साको सबै साना–ठूला नाकाहरुमा प्रहरीले कडा निगरानी राखेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ परेका छन् । भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मङगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताए ।

प्रनाउ गिरीले भने, ‘कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न सकेको छैन , अनुसन्धान जारी छ ।’

अवैध रुपमा भित्र्याइएको मतपत्रसहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रकृया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसँग समन्वय भइरहेको पनि गिरिले जानकारी दिए ।

प्रहरीले अहमदका साथबाट बरामद गरेको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य सबै दलको चुनाव चिह्न रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवले बताए।

 

प्रकाशित मिति २०७९ कार्तिक ३० गते बुधबार ०७:१०
प्रतिक्रियाहरु