काठमाडौँ — चितवन क्षेत्र नं २ मा स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे निर्वाचन आयोगले प्रमाणको आधारमा निर्णय गर्ने बताएको छ ।
आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा...
काठमाडौँ — चितवन क्षेत्र नं २ मा स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएका रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै परेको उजुरीबारे निर्वाचन आयोगले प्रमाणको आधारमा निर्णय गर्ने बताएको छ ।
आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नको जवाफमा दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्क्योलमा पुग्ने बताएका हुन् ।
यसैगरी उनले अस्वाभाविक मतदान भएमा अर्को निर्वाचन हुने निर्वाचन हुनेसमेत बताए । विगतमा बुथ कब्जा हुने गरेका स्थानमा यो निर्वाचनमा हवाईगस्ती गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । यसका साथै उनले मतदातालाई असर पर्ने गरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने भन्दै यदि त्यसो गरेमा गर्नेलाई कारबाही हुने बताए ।
आयुक्त थपलियाले मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने जानकारी दिए । त्यस्तै आयोगले मतदाताको सुविधाका लागि निजी कम्पनीलाई २ दिन बिदा दिन अनुरोधसमेत गरेको छ ।
मंसिर ४ गते मतदान भइसकेपछि ७ गतेभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने र २२ गते आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयुक्त थपलियाले बताए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७