काठमाडौं ।
नेपाल र युएई बीचको एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुर खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय...
काठमाडौं ।
नेपाल र युएई बीचको एकदिवसीय क्रिकेट सिरिजको बेटिङ गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुर खेल मैदान आसपासमा बसेर बेटिङ गराएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले बताए ।
पक्राउ पर्नेहरू अधिकांश भारतिय मुलका छन् । उनीहरुमध्ये धेरैजना बेटिङ गराउनकै लागि भारतबाट आएको आशंका गरिएको छ । मैदान आसपासमा बसेर उनीहरूले विगत ३ दिनदेखि शंकास्पद गतिविधि गरिरहेको ब्यूरोले जनाएको छ ।शुक्रवार नेपाल र युएई बीचको सिरिज अन्तर्गत अन्तिम खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा चलिरहेको छ ।
यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको छ । आज शुक्रवार भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो ।
यूएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एकरएक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट लिए ।
नेपाल पहिलो खेलमा ८४ रनमा पराजित हुँदा दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । यो जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नो पक्षमा पारेको हो ।
यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो । गएको चैतमा पपुवा न्युगिनी ९पीएनजी० सँगको दुई खेलमा नेपाल पराजित भएको थियो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७