सुनसरीको बर्जु मतदान केन्द्र नजिकै विष्फोट क्षेतीको विवरण आउन बाकि

सुनसरीको बर्जु मतदान केन्द्र नजिकै विष्फोट क्षेतीको विवरण आउन बाकि

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ४ गते आईतबार १२:२८

४ मंसिर, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो । विष्फोटपछि...

४ मंसिर, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो ।

विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार संकास्पद बस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएकी छन् ।

उनका अनुसार मतदान केन्द्र नजिकै पड्किएको वस्तु पटका हो ।पट्का पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको उनले बताए ।बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दोस्रोपटक भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी छ ।

सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ । गोरखा लगायतका केही जिल्लाहरुमा शंकास्पद वस्तु फेला परेका छन् । चितवन क्षेत्र नम्बर १ अन्तर्गत ब्रह्मस्थानी मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । अन्य स्थानमा भने मतदान शान्तिपूर्ण छ ।

देशका ७७ वटै जिल्लामा बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने छ । मतदान सकिएलगत्तै गणना सुरू गर्ने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने बताएका छन् ।

सामान्यतया एक जनालाई भोट हाल्न करिब २ मिनेट लागेको छ । ४ मतपेटिका, ४ मतपत्र र ४ ठाउँबाट निस्किनुपर्ने गर्दा केही जटिलता देखिए पनि निर्धारित समयमा नै मतदान सम्पन्न गर्नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मतगणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने समेत बताए ।

एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातालाई यो निर्वाचनमा मताधिकार छ । देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर ४ गते आईतबार १२:२८
प्रतिक्रियाहरु