शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न भएको भन्दै देउवाले दिए सबैलाई धन्यवाद

शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न भएको भन्दै देउवाले दिए सबैलाई धन्यवाद

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ४ गते आईतबार ०७:३५

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् । आइतबार...

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

आइतबार साँझ देउवाका तर्फबाट कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको छ ।

संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् ।

साथै देउवाले आम निर्वाचनमा मतदाताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको जनाएका छन् ।

मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ’, देउवाले भनेका छन्, ‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो । यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु ।

 

 

प्रकाशित मिति २०७९ मङ्सिर ४ गते आईतबार ०७:३५
प्रतिक्रियाहरु