भक्तपुर २ मा मतगणना जारी महेस बस्नेतको अग्रता

भक्तपुर २ मा मतगणना जारी महेस बस्नेतको अग्रता

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ५ गते सोमबार ०८:०४

५ मंसिर, काठमाडौं । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । ४ मंसिरमा भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि...

५ मंसिर, काठमाडौं । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

४ मंसिरमा भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

८ मतदान केन्द्रका मतपेटिकाका मतपत्र २ ठाउँमा मिसाएर मतगणना भइरहेको निर्वाचन अधिकृत पराजुलीले बताए ।

भक्तपुर-२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।

 

प्रकाशित मिति २०७९ मङ्सिर ५ गते सोमबार ०८:०४
प्रतिक्रियाहरु