मुस्ताङबाट काँग्रेसकाे जित सुरु, २८ वर्षका युवाले बुबाको हारको बदला लिए एमालेसँग

मुस्ताङबाट काँग्रेसकाे जित सुरु, २८ वर्षका युवाले बुबाको हारको बदला लिए एमालेसँग

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ५ गते सोमबार १२:२४

मुस्ताङ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट जित सुरु गरेको छ ।भर्खरै सम्पन्न मतगणनामा काँग्रेसका योगेश गौचन विजयी भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । एमालेका प्रेम तुलचनलाई पराजित गर्दै २८ वर्षका...

मुस्ताङ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट जित सुरु गरेको छ ।भर्खरै सम्पन्न मतगणनामा काँग्रेसका योगेश गौचन विजयी भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

एमालेका प्रेम तुलचनलाई पराजित गर्दै २८ वर्षका गौचनले जित हात पारेका हुन् ।निर्वाचित गौचन नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छारो छोरा हुन् ।

योगेशले तुलचनसँग बुबाको पराजयको बदला लिएका छन् । ०७४ मा तुलचनले योगेशका बुबा रोमीलाई हराएका थिए । योगेश विजयी भइसकेको भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ ।योगेश नेविसंघबाट राजनीतिमा आएका काँग्रेस नेता हुन् ।

सप्तरीको निर्वाचन क्षेत्र नं २ को प्रारम्भिक मतगणनामा सीके राउत अगाडि देखिएका छन् । जनमत पार्टीका प्रमुख रहेको राउतले उपेन्द्र यादवलाई समेत पछि पारेका हुन् ।

पछिल्लो मत मरिणाम अनुसार सिके राउतले ६२९ मत ल्याएका छन् भने उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले पछ्याइरहेका छन् । ठाकुरले १६९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने ५९ मत पाएर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति २०७९ मङ्सिर ५ गते सोमबार १२:२४
प्रतिक्रियाहरु