डडेल्धुरा डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएको छ ।
अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहनुभएको छ ।
स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
रुपन्देही क्षेत्र नम्बर १ मा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता लिएको छ ।गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका घनश्याम भुसाल चौथो स्थानमा रहेका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार जनमतका कैलाश गुरुङले २९, एमालेका छविलाल विश्वकर्माले २१, नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले २१ र स्वतन्त्र उम्मेदवार भुसालले १२ मत पाएका छन् ।
एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनको साथ छ ।ललितपुर ३ मा एमालेका अमृत खड्को अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ब्रेक गरेकी छन् ।
४ हजार ९०५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएर अग्राता लिएकी छन् ।उनलाई एमालेका खड्काले १ हजार ४४८ ल्याएर पछ्याइरहेका छन्। भने, माओवादीकी पम्फा भुसाल ९८८ मत ल्याएर तेस्रो छिन् ।
प्रकाशित मिति २०७९ मङ्सिर ५ गते सोमबार ०५:१९