टाढा पुगिसकेका सिंहले सभापतिमा प्रतिस्पर्धा गरे । तर, दोस्रो चरणमा पुग्न नसकेपछि देउवालाई सभापति बन्न साथ दिएका उनले एकै निर्वाचन क्षेत्राट पटक-पटक उठ्ने र जित्ने सौभाग्य पनि प्राप्त गरेका छन् ।
२०४८ मा काठमाडौं-४ मा र २०५१ मा काठमाडौं-३ मा पराजित भएका उनले २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताएका थिए ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं-१ मा आएर जितेपछि उनले योसहित यहाँबाटै निरन्तर चौथो विजय हात पारेका हुन् ।
यसअघि २०७४को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए । तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए ।
तर, पछिल्लो समयमा राप्रपामा लागेका मिश्र दोस्रोपटक सिंहसँग भिड्न काठमाडौं-१ मा नै आएका थिए । यसपटक सिंहका प्रतिस्पर्धामा धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा आएपछि प्रतिस्पर्धा रोचक बनेको थियो ।
प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०६:५७