अब को प्रधानमन्त्री गगन थापा काठमाडौँ- ४ बाट शानदार मतले विजयी

अब को प्रधानमन्त्री गगन थापा काठमाडौँ- ४ बाट शानदार मतले विजयी

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ६ गते मङ्गलबार १२:४४

काठमाडौं । काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत...

काठमाडौं । काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे ।

थापाको यो क्षेत्रमा सदावहार तेस्रो जित पनि हो । यसअघिको आम निर्वाचन २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए भने २०७० को संविधानसभा निर्वाचनमा पनि गगनले एमालेका निर्मल कुँइकेलसँग जित हात पारेका थिए ।

उनी पहिलोपटक २०६४ को संविधासभा निर्वाचनमा समानुपातिकबाट साभासद बनेका थिए ।

काठमाडौँ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा रहँदा उनी फराकिलो मतान्तरले अगाडि छन् ।

उनले १९ हजार १८ मत लिँदा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत मात्र लिएका छन् । उनको विजयोत्सव मनाउन भनी शुभेच्छुक कार्यकर्ताहरु झ्याली–झ्याम्टा लिएर तयारी अवस्थामा रहेका छन् । बुढानीलकन्ठको चपली मतगणनास्थलमा देखिएको भीड तस्वीरमा-

 

प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार १२:४४
प्रतिक्रियाहरु