चितवन–२ मा रविको अग्रता कायमै, जित्ने पक्का पक्कि,पछि परे एमालेका पोखरेल

चितवन–२ मा रविको अग्रता कायमै, जित्ने पक्का पक्कि,पछि परे एमालेका पोखरेल

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ६ गते मङ्गलबार ०६:२४

चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले आफ्नो निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का कृष्णभक्त पाखरेललाई १ हजार २५१ मतान्तरले...

चितवन ।

चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले आफ्नो निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का कृष्णभक्त पाखरेललाई १ हजार २५१ मतान्तरले पछि पार्दै अग्रता कायमै राखेका हुन् ।

रविले ५ हजार ५४२ मतका साथ अग्रता कायम गरिरहँदा एमालेका पोखरेलले ४ हजार २९१ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७२२ मत प्राप्त गरेका छन् ।

यता झापा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै रहेको छ । १३ हजार आठ सय ५२ मत गणना गर्दा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सात हजार ४०

मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार दुई सय २६ मतका साथ दोस्रो स्थानमा छन् ।
<
झापा ३ को प्रदेशसभा १ र २ दुवै प्रदेशमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।’ प्रदेशसभा १ मा एमालेका वसन्त बानियाँ सात हजार तीन सय ५८ मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका भूमिप्रसाद राजवंशी सात हजार दुई सय ७५ मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै झापा ३ को प्रदेशसभा २ मा एमालेका छवि चुडाल चार हजार एक सय २६ मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका पूर्णसिंह राजवंशी तीन हजार दुई सय ६० मतका साथ दोस्रो स्थानमा छन्’ ।

प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०६:२४
प्रतिक्रियाहरु