डडेलधुरामा देउवा निर्वाचित, सागरले पाए १३ हजार मत

डडेलधुरामा देउवा निर्वाचित, सागरले पाए १३ हजार मत

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ७ गते बुधबार ०६:५५

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन्...

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन्

काठमाडौं क्षेत्र नम्बर ८बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।

विजयी श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बाग्मतीमा प्रदेश सभा सदस्य थिए ।

त्यसैगरी काठमाडौं ८को प्रदेशसभाको ‘ख’ तर्फ राप्रपाका उद्धब थापा विजयी भएका छन् । उनले ३ हजार ३४९ मत पाएका भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४ हजार ८७७ मत पाएका छन् । कांग्रेसका उम्मेदवारले १ हजार ८३७ मत मात्रै पाए ।

प्रकाशित मिति २०७९ मङ्सिर ७ गते बुधबार ०६:५५
प्रतिक्रियाहरु