खुसीको खबर!समानुपातिकमा घण्टीले कटायो १ लाख मत, कुन दलको कति ?

खुसीको खबर!समानुपातिकमा घण्टीले कटायो १ लाख मत, कुन दलको कति ?

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ७ गते बुधबार ०८:४४

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ । तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान साढे ८ बजेसम्म १ लाख १ हजार ५४३ मत प्राप्त गरेको हो । पहिलो स्थानमा...

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ । तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान साढे ८ बजेसम्म १ लाख १ हजार ५४३ मत प्राप्त गरेको हो ।

पहिलो स्थानमा रहेको एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ भने कांग्रेसले १ लाख ९७ हजार ५४३ मत पाएको छ ।  यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार ९५५ मत प्राप्त गर्दा राप्रपाले ५१ हजार मत कटाएको छ।

यस्तै जसपाले १६ हजार, जनमतले पनि १६ हजार तथा नेमकिपाले १३ हजार, नेकपा एकीकृत समाजवादीले ११ हजार तथा नागरिक उन्मुक्ति पार्टीले १० हजार समानुपातिक मत कटाएको छ । अन्य पार्टीको नाममा ४५ हजार मत आएको छ ।

चितवन क्षेत्र नम्बर १ मा घण्टी चुनाव चिह्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले फराकिलो अग्रता बनाएका छन् । उनले १४ हजार २९९ मत प्राप्त गर्दा कांग्रेसका विश्व पौडेलले १० हजार ६२९ मत प्रँप्त गरेका छन् ।यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा मतगणना जारी छ।

 

 

प्रकाशित मिति २०७९ मङ्सिर ७ गते बुधबार ०८:४४
प्रतिक्रियाहरु