राम कुमारी झाँक्री हार्ने पक्का पक्की, राजनीति बाटै आउट हुने सङ्केत !

राम कुमारी झाँक्री हार्ने पक्का पक्की, राजनीति बाटै आउट हुने सङ्केत !

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ७ गते बुधबार ११:२०

काठमाडौं – गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन पछि परेको छ। नेकपा एकीकृत समाजवादीको भागमा परेको गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार राम कुमारी झाँक्री पछि परेकी हुन्।उनलाई नेकपा एमालेका गोकर्ण विष्टलाई निरन्तर...

काठमाडौं –

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन पछि परेको छ। नेकपा एकीकृत समाजवादीको भागमा परेको गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार राम कुमारी झाँक्री पछि परेकी हुन्।उनलाई नेकपा एमालेका गोकर्ण विष्टलाई निरन्तर पछि पारिरहेका छन्। मतगणनाको सुरुवात देखि नै झाँक्रीलाई विष्टले पछि पारिरहेका छन्। झाँक्री विष्ट भन्दा २ हजार १ सय २४ मतले पछि रहेकी छन्।

झाँक्रीले अहिले सम्म ९ हजार ६ सय ९८ मत प्राप्त गर्दा विष्टको मत १२ हजार पुग्न लागिसकेको छ। पछिल्लो अपडेट अनुसार विष्टले ११ हजार ८ सय २२ मत प्राप्त गरिसकेका छन्। तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका छन्। सो पार्टीका युवराज घिमिरेले मात्रै १ सय ८४ मत प्राप्त गरका छन्।

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।

एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।

नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् । मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले मतान्तर फराकिलो बनाएका छन्। १० हजार ९१३ मत गन्दा उनले ६ हजार ४४४ मत पाएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाक्रीले ४०९४ मत पाएकी छन्। विष्टभन्दा झाक्री २३ सय ५० मतले पछि परेकी छन्। प्रदेश १ तर्फ पनि नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसालले अग्रता लिएका छन्। उनले १६३४ मत पाएका छन्।

यस्तै कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४९९ मत पाएका छन्। गुल्मी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्री ८ सयभन्दा बढी मतले पछि परेकी छन्।इस्मा गाउँपालिकाका तीन वडा १, २ ३ को मत गणना सम्पन्न हुँदा उनी नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग ८१६ मतले पछि परेकी हुन्।पछिल्लो मत परिणामअनुसार विष्टले २ हजार ५४७ र झाँक्रीले १ हजार ७३१ मत पाएका छन्।

प्रकाशित मिति २०७९ मङ्सिर ७ गते बुधबार ११:२०
प्रतिक्रियाहरु