ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का सचिव योगेश भट्टराई विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै योगेश निर्वाचित भएका हुन् ।
निर्वाचित योगेशले २१ हजार ९४३ मत प्राप्त गरेका छन्, भने सत्ता गठबन्धनको समर्थन पाएका बुढाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका छन् ।
योगेश भट्टराई लगातार दोस्रो पटक निर्वाचित भएका हुन् । यस अगाडि उनी २०७४ मा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीमगर निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले पराजित गर्दै घर्तीमगर विजयी भएका हुन् ।
उनले १२ हजार २६२ मत प्राप्त गरेका छन्, भने एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन् ।लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा यो पहिलो प्रवेश हो ।
प्रकाशित मिति २०७९ मङ्सिर ७ गते बुधबार ०४:०९