ओलीको घमण्डले एमाले पछि परे पछि वामदेव खुसी, दिए यस्तो प्रतिक्रिया

ओलीको घमण्डले एमाले पछि परे पछि  वामदेव खुसी, दिए यस्तो प्रतिक्रिया

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ८ गते बिहिबार ०८:५४

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेकोमा खुसी व्यक्त गरेका छन् । ओलीले प्रचण्डलाई फोन गर्दै सहकार्यको...

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेकोमा खुसी व्यक्त गरेका छन् । ओलीले प्रचण्डलाई फोन गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् ।

यसबारे प्रतिक्रिया दिँदै गौतमले ओलीले प्रचण्डलाई सहकार्यका लागि राखेको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुसी व्यक्त गर्दै ओलीलाई धन्यवाद दिएका छन् ।

गौतमले भनेका छन्, ‘कमरेड केपी ओली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको नेतृत्व गर्दै आफू पनि निर्वाचित हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। यसका साथै कमरेड प्रचण्डसँग सहकार्यका लागि राख्नु भएको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुसी व्यक्त गर्दै हार्दिक हार्दिक धन्यवादसहित सफलताको शुभकामना दिन्छु। ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो । एक आपसमा बधाई साटासाट भयो । केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो– ‘सिएमले गठबन्धनको नतिजा सबै आइसकेको छैन । त्यसपछि मात्रै कुरा गरौंला भन्नुभयो । अरु केपी कमरेडले मिलेर जान राखेको प्रस्तावका विषयमा सिएमले कुनै जवाफ दिनुभएन ।’

यस्तै प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताएको छ ।

उक्त फोन संवादका क्रममा ओलीले गोरखा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका छन्।

स्रोतका अनुसार उक्त फोन संवादका क्रममा ओलीले यो निर्वाचनको परिणाम चिन्ता गर्ने किसिमको आएको बताउँदै यसले देशमा अस्थिरता ल्याउन सक्ने उल्लेख गरेका थिए।

प्रचण्डका प्रेस संयोजक सू्र्य किरणले दुई नेताबीच फोन संवाद भएको बताउँदै त्यसक्रममा बधाई साटासाट भएको उल्लेख गरेका छन्।

‘उहाँहरु दुई नेताबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट भएको छ’, उनले भने, ‘त्यसक्रममा उहाँहरुबीच सबै निर्वाचन परिणाम आइसकेपछि छलफल गर्ने कुरा भएको छ।’

स्रोतका अनुसार ओली यो निर्वाचनको नतिजाबाट अलिक चिन्तित मुद्रामा देखिएका छन्। ओलीले मिलेर जाने विषयमा कुरा गरे पनि प्रचण्डले अलिक पछि कुरा गरौँ भनेका छन्।

‘प्रचण्डले अलिक पछि कुरा गरौँला भन्नु भएको छ’, स्रोतले भन्यो, ‘चुनावी नतिजा अलिक चिन्ताजनक आएको ओलीले दोहोर्‍याउनु भएको छ। यो परिणामले देशलाई अस्थिरतातिर लाने उहाँको सरोकार थियो।

 

प्रकाशित मिति २०७९ मङ्सिर ८ गते बिहिबार ०८:५४
प्रतिक्रियाहरु