काठमाडौं ।
प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
उनीहरुका बीचमा आइतबार भक्तपुरको बालकोटस्थित आली निवासमा भेटवार्ता भएको हो।भेटपछि चाक्सीबारीले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।
नेता सिंहका सहयोगी युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट भएको बताए।बालकोटमा भेटघाट भएको हो। बधाई साटासाट गर्नुभयो,’ उनले जिज्ञासामा भने, ‘नेताहरुका बीचमा भेट हुँदा राजनीतिक कुराकानी त भइहाल्छ।’
निर्वाचित सांसदले के सुविधा पाउँछन्, कस्तो दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ?
राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा,सुविधामा भने खासै भिन्नता छैन ।
यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमला राष्ट्रिय दल बन्नको लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको बताउँछन् । उनले प्रत्यक्षतर्फ २ जना निर्वाचित सदस्य भएको खण्डमा भने संसदीय दलको कार्यालय पाउने व्यवस्था रहेको बताए ।
उपसचिव धमलाले संसदीय दलको कार्यालय स्थापना भइसकेपछि मात्रै संसदीय दलको कार्यालयलाई संघीय संसद सचिवालयले उपलब्ध गराउनुपर्ने सेवा सुविधाहरु दिइने बताए । दुई भन्दा कम निर्वाचित सदस्य रहेको दलले भने संसदीय दलको रुपमा मान्यता नपाउने उनको भनाइ छ । सहायक प्रवक्ता धमलाले अहिलेको
निर्वाचन परिणामअनुसार कुनैपनि एउटा दलले मात्रै बहुमत पाउने अवस्था नरहेको बताए । उनले दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार गठन गर्ने अवस्था देखिएकाले यो अवस्थामा प्रतिनिधि सभामा १० प्रतिशत वा सो भन्दा बढी सदस्य रहेको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल प्रमुख विपक्षी दलको रुपमा रहने स्पष्ट पारे । उनले प्रमुख विपक्षी दलको १ जना मात्रै नेता रहने व्यवस्था रहेको र विपक्षी दलको नेताले कानूनमा भए बमोजिम सेवा सुविधा पाउने बताए ।
प्रकाशित मिति २०७९ मङ्सिर १२ गते सोमबार ०८:४३