राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्ने जनतामाथि खनिए प्रचण्ड

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्ने जनतामाथि खनिए प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १२ गते सोमबार ०६:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतलाई ‘आवेगको मत’ भन्दै टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतलाई ‘आवेगको मत’ भन्दै टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले आवेशमा मत हालेको उनको टिप्पणी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको मत आवेशको भएकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ।

ीबहmष् त्थचभक
‘जनताले राम्रो एजेण्डा भएकाले गणतन्त्र संघीयता, समावेशी समानुपातिक यी मान्यतालाई रुचायो भन्ने पनि देखिँदैन’ उनले भने–‘त्यसैले कहीँ न कहीँ विबकको ठाउँमा आवेगले काम गरेको छ। राजनीति दल र नेतृत्वलाई पनि त्यस विषयमा ध्यान जाओस् भन्न चाहन्छु।’

‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित जनताको जीवनमा सहज बनाउन

व्यापक रूपमा बढो मेहनत गरेर काम गर्दा पनि मान्छेलाई सन्तुष्टि मिलेको छैन’ उनले भने–‘जनताले विकास र समृद्धि त चाहेका छन् तर, अहिलेको मतपरिणमलाई हेर्दा विकासलाई रुचाएको पनि देखिँदैन।

 

प्रकाशित मिति २०७९ मङ्सिर १२ गते सोमबार ०६:३९
प्रतिक्रियाहरु