खुकुरी लिएर बालेनको ढोकामै पुगे सुकुम्बासी, अब के होला ? 

खुकुरी लिएर बालेनको ढोकामै पुगे सुकुम्बासी, अब के होला ? 

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १३ गते मङ्गलबार ०९:२४

काठमाडौं । आफूहरुलाई हटाउन खोजेको बिरोधमा थापाथलिस्थित बस्तीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाका घेराउमा पुगेका छन् । मंगलबार बिहान सुकुम्बासीहरु बागदरबारस्थित महानगरपालिकाको कार्यालय घेराउमा पुगेका हुन् । सोमबार...

काठमाडौं । आफूहरुलाई हटाउन खोजेको बिरोधमा थापाथलिस्थित बस्तीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाका घेराउमा पुगेका छन् ।

मंगलबार बिहान सुकुम्बासीहरु बागदरबारस्थित महानगरपालिकाको कार्यालय घेराउमा पुगेका हुन् ।

सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बनेका संरचना हटाउन डोजर लगेको थियो ।

आफूहरुलाई व्यवस्थापन नगरि हटाउन खोजेको भन्दै उनीहरु घरेलुहतियार सहित प्रतिकारमा उत्रिएका थिए भने महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

झडपमा परि दर्जनबढी महानगर प्रहरी घाइते भएका थिए । महानगरले उनीहरुबिरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

देउवा सरकारमाथि निशाना बनाएको स्टाटस बालेनले रातारात किन हटाए ? यस्तो थियो उनको स्टाटस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारमाथि आरोप लगाउँदै सामाजिक सञ्जालमा सोमबार राति गरेको पोस्ट हटाएका छन् ।

सोमबार राति मेयर शाहले देशमा गृह मन्त्रालय छ कि छैन भन्दै प्रश्न गरेका थिए । तर उक्त पोस्ट उनले हटाएका छन् ।

सोमबार दिउँसो थापाथलिमा रहेको सुकुम्बासी बस्ती डोजरसहित पुगेको महानगर प्रहरीमाथि आक्रमण भएको घटनालाई लिएर उनले संघीय सरकारमाथि प्रश्न गरेका थिए ।

सामाजिक सञ्जाल टिकटकको एक भिडियो सार्वजनिक गर्दै बालेनले भनेका थिए, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ रु’

उनले शेयर गरेको भिडियोमा आफूलाई सुकुम्बासी बताउने एक व्यक्तिले भनेका थिए, ‘बालेन शाहको ज्यान खतरामा हुन्छ अब । मर्न परे हामी ज्यान यही दिन्छौं, सके त्यसलाई पनि मार्छौं हामी ।’

प्रकाशित मिति २०७९ मङ्सिर १३ गते मङ्गलबार ०९:२४
प्रतिक्रियाहरु