‘रवी लामिछानेको पार्टी अमेरीकी पार्टीको फोटोकपी हो’

‘रवी लामिछानेको पार्टी अमेरीकी पार्टीको फोटोकपी हो’

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १५ गते बिहिबार ०८:४५

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको बताएका छन्। जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई आज च्यासलमा...

काठमाण्डौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको बताएका छन्।

जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई आज च्यासलमा सम्बोधनका क्रममा उनले हामीले आफूप्रति गर्व गर्न छाड्यौँ, आफ्नो

इतिहास बेचिदियौँ। संयोग नै मान्नुपर्छ, अमेरिकी फ्रीडम पार्टीको घण्टी यता पनि दुरुस्तै लिएर आएछन्, उनले भने, दुरुस्त आकारको फोटो खिचे जस्तो फ्रिडम पार्टी अफ अमेरिकाको घण्टी यहाँ पनि लिएर आएका छन्।

ओलीले उक्त पार्टीप्रति कटाक्ष गर्दै अस्तिसम्म स्याप्प देखेको तर कसैले हावा हालिदिएर ड्याम्म फुलेको बताए।

रवी लामिछानेको पार्टीलाई कसै न कसैले हावा हालिदिएको ओलीको जिकिर छ ।

एक प्रसंगमा ओलीले निर्वाचनमा धाँधली गरेर , मत लुटपाट गरेर एमालेलाई बहुमत ल्याउन नदिईएको समेत जिकिर गरे ।

source- galaxykhabar

प्रकाशित मिति २०७९ मङ्सिर १५ गते बिहिबार ०८:४५
प्रतिक्रियाहरु