स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा जर्मनी आउट

स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा जर्मनी आउट

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १६ गते शुक्रबार ०२:५१

दोहा: समूह 'ई'को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। समूह 'ई'अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई पराजित गरेसँगै जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै...

दोहा: समूह ‘ई’को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ।

समूह ‘ई’अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई पराजित गरेसँगै जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलको नतिजामा पराजित गरे पनि जर्मनी गोलअन्तरको आधारमा तेस्रो स्थानमा सीमित हुँदा जर्मनी नकआउट चरण पार गर्न असफल रह्यो।

यो समूहबाट जापान समूह विजेता र स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन्

फिफा विश्वकपअन्तर्गत समूह ‘एफ’बाट मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा मोरक्कोले क्यानडालाई २-१ गोलको नतिजामा पराजित गर्दै समूह विजेताको हैसियतमा प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो।

हाकिम जिएचले चौथो मिनेटमा गरेको गोलसँगै मोरक्कोले अग्रता लिएको थियो। क्यानडामाथि हाबी बनेको मोरक्कोका लागि २३औं मिनेटमा योसुफ एन-नेसेरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको

खेलसकित पाँच मिनेट बाँकी रहँदा मोरक्कोका नेइफ अग्वेर्डले आत्मघाति गोल गरेसँगै क्यानडाले स्कोरलाइन घटाएको थियो। तर, दोस्रो हाफमा त्यसको बचाउ गर्दै मोरक्को १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणा पार गर्न सफल भयो।

प्रकाशित मिति २०७९ मङ्सिर १६ गते शुक्रबार ०२:५१
प्रतिक्रियाहरु