सरकार कांग्रेसको नेतृत्वमा बन्नुपर्छ, देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्छन् माओवादीकै सांसद

सरकार कांग्रेसको नेतृत्वमा बन्नुपर्छ, देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्छन् माओवादीकै सांसद

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १७ गते शनिवार ०१:००

काठमाडौं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भनेर मिडियाबाजी भइरहेका बेला सत्ता गठबन्धनको सदस्य दल माओवादी केन्द्रका निर्वाचित सांसदहरुले देउवाकै नेतृत्वमा सरकार बन्नुपर्ने धारणा अघि सारेका छन्...

काठमाडौं

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भनेर मिडियाबाजी भइरहेका बेला सत्ता गठबन्धनको सदस्य दल माओवादी केन्द्रका निर्वाचित सांसदहरुले देउवाकै नेतृत्वमा सरकार बन्नुपर्ने धारणा अघि सारेका छन् ।

कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतले संसदीय दलमा भिड्ने र प्रधानमन्त्री बन्ने दाबी गरिरहेका बेला माओवादी प्रभावशाली नेतृ रेखा शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने र नेतृत्व अर्थात सभापति देउवाले लिनुपर्ने धारणा राखेकी हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताइन् ।

उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको हुने भन्दै बाहिरबाट थप टिकाटिप्पणी आवश्यक नरहेको धारणा राखिन् । संसदीय दलको नेता प्रधानमन्त्री हुने भन्दै शर्माले बहुमत सांसदको समर्थन पाउने व्यक्ति नै दलको नेता हुने भन्दै देउवा नै हुने संकेत गरिन् ।

शर्मा दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर सांसद बनेकी नेतृ हुन् । माओवादीका अन्य नेताले पनि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने र देउवा तथा प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने बताइरहेका छन् । Source: Nepal Pana

 

प्रकाशित मिति २०७९ मङ्सिर १७ गते शनिवार ०१:००
प्रतिक्रियाहरु