राजनीतिको बाटो देखाएका ओलीलाइ गाली गर्दै देउवा सग किन तसिदै छन् सिके राउत ? भारतको स्वार्थ पुरा त हुदै छैन ?

राजनीतिको बाटो देखाएका ओलीलाइ गाली गर्दै देउवा सग किन तसिदै छन् सिके राउत ? भारतको स्वार्थ पुरा त हुदै छैन ?

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १९ गते सोमबार १२:४०

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई भेटेपछि दुई पक्षबीच सरकारमा जानेबारे सहमति भइसकेको बताए। उनले कांग्रेस नेतृत्वको सरकारमा जानका लागि जनमत अध्यक्ष सहमत भएको सन्देश सञ्चारमाध्यमलाई...

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई भेटेपछि दुई पक्षबीच सरकारमा जानेबारे सहमति भइसकेको बताए।

उनले कांग्रेस नेतृत्वको सरकारमा जानका लागि जनमत अध्यक्ष सहमत भएको सन्देश सञ्चारमाध्यमलाई दिएपछि त्यही अनुसारका समाचार प्रकाशित भए। तर, जनमत पार्टीका एकजना नेता बीपी साहले सरकारमा जानेबारेमा कांग्रेससँग कुनै खालको सहमति नभएको बताएका छन्।

उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भए पनि सहमति भइनसकेको उल्लेख गरेका छन्।

‘यो भेटघाटमा दुवै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गुर्नभएको छ’, उनले भने, ‘प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा. राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना लगायत एजेण्डा उठाउनु भएको थियो।’

उनले आफ्ना यी तीन माग सम्बोधन भए मात्रै सरकारमा जान सकिने बताए। ‘जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिनु भयो’, साहले भनेका छन्।

साहले दुवै नेताबीच पहिलो चरणको छलफल भए पनि कुनै निर्णयमा नपुगिएको बताएका छन्। ‘पहिलो चरणको छलफलमा कुनै सहमति भएको छैन, थप छलफल गर्ने सहमति भएको छ’, उनले भनेका छन्।

मंसिर ४ को निर्वाचनबाट पाँच दलीय गठबन्धनलाई नयाँ सरकार बनाउने गरी बहुमत पुर्‍याउन मुस्किल परिरहेको छ। यो अवस्थामा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु साना दल र स्वतन्त्र सांसदहरुसँग पनि संवादमा छन्।

प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकारका लागि साथ खोज्दै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई पनि जेलमा पुगेर भेटिसकेका छन्। source: annapurna times

प्रकाशित मिति २०७९ मङ्सिर १९ गते सोमबार १२:४०
प्रतिक्रियाहरु