काठमाडौं।
भर्खरै सकिएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका सांसद तथा बहालवाला श्रममन्त्री शेरबहादुर कुँवर एमालेमा फर्किने तयारी गरेका छन् ।
स्रोतका अनुसार केही समयअघि...
काठमाडौं।
भर्खरै सकिएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका सांसद तथा बहालवाला श्रममन्त्री शेरबहादुर कुँवर एमालेमा फर्किने तयारी गरेका छन् ।
स्रोतका अनुसार केही समयअघि कुँवर र भिम रावलको भेटवार्ता भएको थियो । सोही भेटमा कुँवरलाई एमालेमा फर्काउने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार आफ्नो शर्त पूरा भएमा कुँवर एमालेमा फर्कन तयार छन् ।
एमालेले यस पटक अछाम १ मा रावललाई टिकट नदिएर झपट बहादुर बोहरालाई उठाएको थियो । तर, बोहरा कुँवरसँग पराजित भए ।
यो भेटमा यदि एमालेले भिम रावललाई राष्ट्रिय सभामा लैजाने भएमा कुँवर एमालेमा फर्किने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । रावल राष्ट्रिय सभामा जाने ‘कम्फर्म’ हुनासाथ कुँवर एमालेमा फर्किने स्रोतले जनाएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७