काठमाडौं ।
नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने केही समय आगाडीदेखि दरबारमार्गस्थित केल्मी ब्रान्डको शोरुम सञ्चालन गर्दै आएकी थिइन् । तुलनात्मक रूपमा केही महँगो मानिएको केल्मी ब्रान्डकै लुगाकपडा लगाउन सोखिन थिए- काठमाडौं धुम्बाराही– ४ का २९ वर्षीय सुधन संग्रौला ।
पुष्पाकै शोरुमका नियमित ग्राहक भएका संग्रौलाको सोरुममा बसिरहेकी पुष्पासँग सुधनको आँखा जुध्यो त्यसपछि उनीहरुबीच घनिष्ठ सम्बन्ध हुन पुग्यो ।
सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो त्यसपछि यी दुई बीच प्रेमिल गफहरु सुरु हुन थाल्यो ।
संग्रौला परिवारमा तीन छोरा भएको तर छोरी नभएकाले पुष्पाले सजिलै सुधनको आमा बाबुको धेरै माया र स्नेह पाउन थालिन् । ‘पुष्पालाई उनीहरुले छोरीभन्दा पनि बढ्ता गरेका थिए ।
पुष्पा र सुधनको परिवारले उनीहरूकै राजीखुसीमा १८ भदौ २०७९ मा विवाहका लागि ‘इन्गेजमेन्ट’ सुपारी, टीका टालो गरे । ‘इन्गेजमेन्ट’ गरेको एक वर्षपछि विवाह गर्ने उनीहरूको तयारी थियो ।
भदौमा भएको इन्गेजमेन्ट केही समयसम्म राम्रै चलेको थियो । पुर्ख्यौली घर नुवाकोट भए पनि पछिल्लो समय पुष्पा न्यौपानेको परिवार काठमाडौंको बुद्धनगर बस्दै आएका थिए ।
यसले दुवै परिवारमा खुसियाली छाएको थियो । तर यो खुसि धेरै दिन टिक्न सकेन सुधन र पुष्पाबीच मनमुटाव बढरहेको थियो यसै बेला संग्रौला परिवार पुष्पाको घर पुगेको थियो ।
उनीहरु इन्गेजमेन्ट तोडिएको निर्णय सुनाउन आएका थिए र इन्गेजमेन्टमा गर्दा आदानप्रदान भएका सबै सामानहरु फिर्ता गर्नुपर्ने भन्दै आईरहेका थिए तर यो कुरा पुष्पा न्यौपानेको परिवारलाई मन्जुरी भएन ।
तर सुधन आफ्नो निर्णयबाट पछाडि हट्ने पक्षमा थिएनन् । परिवर स्रोतका अनुसार बुद्धनगरबाट फर्कँदै गर्दा सुधनका बुबाआमा निकै रोएका थिए । यो सम्बन्ध नतोडियोस् भन्ने पक्षमा स्वयं सुधनका बुबाआमासमेत रहेको थिए ।
प्रकाशित मिति २०७९ मङ्सिर २२ गते बिहिबार १०:०४