काठमाडौं, २४ मंसिर ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेकपा (माओवादी केन्द्र) ले आफूहरुलाई देखाएर कांग्रेससँग बार्गेनिङ गरिरहेको टिप्पणी गरेका छन् । उनले अहिले आफ्नो दल सरकार बनाउन लागि नपरेको पनि खुलासा गरेका छन् ।
पछिल्लो समय एमाले र माओवादीले साना दल मिलाएर सरकार बनाउन गृहकार्य गरेको भन्ने समाचार आएपछि पौडेलको यस्तो भनाई आएको हो ।
आज (शुक्रबार) बुटवलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘हामीसँग कुरा गरेको भनेर कसैलाई कतै बार्गेनिङका लागि यस्ता कुरा बाहिर आएका हुनसक्छन्, नेपालमा एमालेबाहेक कुनै वामपन्थी शक्ति छैन, दक्षिणपन्थी धारलाई बोकेर कम्युनिष्ट पार्टीविरुद्ध मोर्चा बनाउनेलाई वामपन्थी भन्न मिल्दैन् ।’
उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी
खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताउनुभएको छ ।
महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गर्नुभयो । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उहाँले भन्नुभयो ।
उहाँले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताउनुभयो । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राख्नुभएको थियो । त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उहाँको भनाइ थियो ।
प्रकाशित मिति २०७९ मङ्सिर २३ गते शुक्रबार ०२:१८