फेरी जेरिलाई आरोप लगाउदै मिडियामा आए शंकर क्षेत्री, खोले यस्तो वास्तविकता (भिडियो हेर्नुस)

फेरी जेरिलाई आरोप लगाउदै  मिडियामा आए शंकर क्षेत्री, खोले यस्तो वास्तविकता (भिडियो हेर्नुस)

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २५ गते आईतबार १०:११

शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई ला’त हानेको भन्दै गा’लीग’लौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको...

शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई ला’त हानेको भन्दै गा’लीग’लौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।

सञ्चारमाध्यममा जेरीले मिल्न चाहन्छु भनेर बनावटी कुरा गरेको आरोप शंकरले लगाएका छन्।शंकरले अन्तर्वार्तामा भनेका छन्, ‘मिल्न चाहन्छु भनेर बनावटी रूपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लागेको थिएन।

आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ । जेरीको दिएका अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले खण्डन गर्दै असन्तुष्टि ब्यक्त गरेका छन्। बिभिन्न खाले अफवाह मिडियामा बोल्न जरुरि छैन बोल्नु थियो त अदालत मा बोल्नु पर्थ्यो उनले भनेका छन्।

जे होस, जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो । शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए । त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो ।

अनलाइनबाटै ल’भ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३ वर्षको भिसामा दुबई गएका शंकर २२ महिनापछि नेपाल फर्किएका थिए ।

शंकर नेपाल फर्किँदा जेरी पनि संघर्षशील नै थिइन् । इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए । विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो ।

उनले एक गजल पनि गए पढ्नुहोस् तल-
“नपिउने मान्छेलाई पिउने गरायौ
राम्रै थियो मेरो मन सिउने गरायौ,
एक्लै खुशी थिए म आयौ जिन्दगीमा
छटपटीदै छटपटीदै जिउने गरयौ”

 

प्रकाशित मिति २०७९ मङ्सिर २५ गते आईतबार १०:११
प्रतिक्रियाहरु