एमाले छाडेका प्रभु साहले पनि खोले नयाँ पार्टी, बधाई दिनेको ओइरो

एमाले छाडेका प्रभु साहले पनि खोले नयाँ पार्टी, बधाई दिनेको ओइरो

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २७ गते मङ्गलबार ०८:४६

काठमाडौं । रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् । त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशका प्रतिनिधित्व...

काठमाडौं । रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् । त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशका प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ ।

भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर जसले पाँच हजार मत ल्याएका छन्, उनीहरूलाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ ।

न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रभु साहको अभियानमा लागेका थिए । वाग्ले बाराबाट कांग्रेसका बागी उम्मेदवार बनेका थिए ।

साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौजना सांसद रहेको दाबी गरेका छन् । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल रहेका छन् ।

गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाएका थिए । किरण साह भने आउँछु भनेर अन्तिममा उपस्थित भएनन् ।

सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी अमरेशकुमार सिंह दिल्लीमा भएकाले उपस्थित हुन सकेका थिएनन् । नयाँ पार्टी गठनमा सिंहले समेत सहमति जनाएका छन् । कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा विजयी सुरुल पुन रुकुम, दीपेन्द्रबहादुर पुन रोल्पा, दीपेन्द्रबहादुर शाही जुम्ला, खड्ग बस्नेत नवलपरासी, केशव राय चौधरी रौतहट र जवाहरलाल कुशवाह सर्लाही लाई सम्मान गरिएको थियो ।

source-galaxykhabar

प्रकाशित मिति २०७९ मङ्सिर २७ गते मङ्गलबार ०८:४६
प्रतिक्रियाहरु