इलाम १ मा पुनः मतदान माग्दै झलनाथ खनालले दिए सर्वोच्चमा मुद्दा

इलाम १ मा पुनः मतदान माग्दै झलनाथ खनालले दिए सर्वोच्चमा मुद्दा

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २७ गते मङ्गलबार ०९:४६

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुन मतदात माग्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उनको मुद्दा संवैधानिक इजलासका लागि दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ।खनाललाई...

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुन मतदात माग्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

उनको मुद्दा संवैधानिक इजलासका लागि दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ।खनाललाई पराजित गर्दै यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका थिए। बस्नेतले २५७५३ मत ल्याएका थिए भने खनालले २३०८९ मत ल्याएका थिए।

खनालले आफ्नो क्षेत्रमा पुन मतदानको माग गर्दै मुद्दा दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । मंगलबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ ।

‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरु माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता–कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रपिरिषद्को वैठकवाट अध्यादेशवारे निर्णय गरी प्रमाणीकरणका लागि

सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो । तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त छ ।’

सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरुका साथै एमालेका कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको पनि विप्लवले बताएका छन् ।

‘कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो’, विज्ञप्तिमा भनिएको छ । नेकपाले ३ बुँदे सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्याउन सबै पक्षसँग आग्रह पनि गरेको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर २७ गते मङ्गलबार ०९:४६
प्रतिक्रियाहरु