काठमाडौं ।
नेपाली कांग्रेसका शीर्ष नेता तथा नवनिर्वाचित सांसद डा.शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । सो समूहबाट कसले उम्मेदवारी दिने भन्नेबारे सहमति भएको थिएन । यसअघि महामन्त्री गगनकुमार थापाले...
काठमाडौं ।
नेपाली कांग्रेसका शीर्ष नेता तथा नवनिर्वाचित सांसद डा.शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । सो समूहबाट कसले उम्मेदवारी दिने भन्नेबारे सहमति भएको थिएन । यसअघि महामन्त्री गगनकुमार थापाले सो समूहबाट दलको नेतामा उठ्ने घोषणा गरिसकेका छन् ।
तर, पार्टी सभापति शेरबहादुर देउवासँग लड्दाखेरि परिपक्व व्यक्तिलाई अघि सार्न सो समूहका नेताहरुको दबाब थियो । कोइरालाले धेरै छलफलपछि आफू नै दलको नेतामा उम्मेदवार बन्ने निधो गरेको पुरञ्जन आचार्यले जानकारी दिए ।
उनले भने, शेखर कोइरालले कुनैपनि बेला दलको नेतामा उम्मेदवारी घोषणा गर्नुहुन्छ । उहाँ अन्तिम गृहकार्यमा जुट्नुभएको छ । आजरभोलि नै उहाँले यो घोषणा गर्नुहुन्छ ।
शेखरले दलको नेतामा देउवासँग प्रतिष्पर्धा गरे महामन्त्री गगन थापाले सघाउने बुझिएको छ । तर, थापाले आफूले चुनावअघि नै दलको नेतामा उठ्ने बताएकोले ब्याक नहुने भनेर कोइरालासमक्ष सन्देश पुर्याएको पनि चर्चा छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७