कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनको मनोनयन, कसले मार्ला बाजी ?

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनको मनोनयन, कसले मार्ला बाजी ?

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस ५ गते मङ्गलबार ०४:०८

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका...

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका छन् । त्यस्तै, गगन थापाको प्रस्तावकमा डा। शेखर कोइराला र समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहेका छन् ।

दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । सर्वाधिक मत ल्याएर विजयी भएका एमाले अध्यक्ष ओली सम्मानित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाटै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा ज्येष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले सम्मान गरेका हुन् ।

ओलीले झापा–५ बाट ५२ हजार ३१९ मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सासदहरुलाई सामुहिक रुपमा अभिनन्दन गरिएको छ ।

 

प्रकाशित मिति २०७९ पुस ५ गते मङ्गलबार ०४:०८
प्रतिक्रियाहरु