काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।बुधबार बिहान भएको निर्वाचनमा देउवाले कूल ८९ मतमध्ये ६४ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसले भोलि संसदीय दलको नेता चयन गर्दैछ। निर्वाचित सांसदहरू दुई समूहमा विभाजित भएपछि मंगलबार संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतरबाट महामन्त्री गगन कुमार थापाले उम्मेदवारी दिएका छन्।
८९ सिट रहेको कांग्रेस संसदीय दलको नेतामा को चयन हुन्छ भन्ने विषयले यतिबेला राजनीति वृत्त तरंगित भएको छ। करिब ५५ मत सुरक्षित रहेको दाबी गर्दै आएको संस्थापन पक्ष भने देउवा नै संसदीय दलको नेता चयन हुनेमा ढुक्क छ।
युवाहरूमाझ लोकप्रिय रहेका गगन थापाले भने महाधिवेशनमाजस्तै मत क्रस भएर आफू विजयी हुने बताइरहेका छन्। यद्यपि उनको पक्षमा ३४ सांसदहरूमात्रै खुलेका छन्। तीमध्ये पनि केही सांसदहरू संस्थापनतिर लाग्ने कांग्रेसका एक पदाधिकारीले बताए।
‘संसदीय दलको नेतामा सभापतिज्यू नै निर्वाचित बन्नुहुनेछ। हामीसँग कम्तिमा ५५ मत छन्। भोलिसम्म यो संख्या बढेर पनि जानसक्छ,’ संस्थापन पक्षका एक नेताले बताए।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले पनि देउवा भारी मतले विजयी हुने ठोकुरा गरे। ‘गठबन्धन दललाई मिलाउन देउवाले सक्नुहुन्छ। अन्य दलले पनि उहाँलाई स्वीकार्नुहुन्छ। देउवाको विकल्प यतिबेला अरु हुन सक्दैन,’ उनले भने। पार्टी प्रवक्तासमेत रहेका प्रकाशशरण महतले पनि अनुभवी नेता भएकाले देउवा नै दलको नेता चुनिने बताए।
महामन्त्री थापाले भने पार्टीभित्रका युवा नेताहरूको साथले हौसिएका छन्। अर्का महामन्त्री प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेलको साथले हौसिएका थापाले आफ्नो जित सुनिश्चित हुने दाबी गरेका छन्। महाधिवेशनमा जस्तै मतहरू क्रम हुने र त्यसको फाइदा आफूले उठाउने गगनको बुझाइ छ।
संसदीय दलको नेता चयन गर्न भोलि बिहान मतदान हुने कांग्रेसले जनाएको छ।
प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ११:१०