७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’
यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए ।राप्रपा सरकारमा जान्छ कि जाँदैन भन्ने प्रश्नमा उनले आवश्यक प¥यो भने छलफल गर्ने बताए । तर अकारण सरकारमा नजाने उनले बताए ।
प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा गठबन्धन असफल भएको दाबी गरेका छन्। १६५ सिटमा गठबन्धन गर्दापनि सत्तारुढ दलको बहुमत नआएको उनीहरु पराजित भएको स्पष्ट पारेका हुन्। ओलीले भने, उहाँहरु चरम असफलतातिर जानुभएको छ। निर्वाचनको परिणामले देश अस्थिरतातर्फ जाने देखिएको छ।
पूर्वप्रधानमन्त्री ओलीले अहिले एमालेको ध्यान सरकारमा केन्द्रितभन्दा पनि समस्याप्रति चिन्तित र सचेत रहेको उल्लेख गरे। उनले एमाले सरकारमा जान नहतारिएको दाबी गरे। उनले भने,‘मेरो पार्टीले सरकारको नेतृत्वको पुगिहालौं वा गठबन्धन बन्न नदिन लागि हालौं भन्नेतिर छैन।
पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धनले अर्थतन्त्र उकास्न नसक्ने टिप्पणी गरे। ओलीले राजनीतिक, सामाजिक र आर्थिक तीन वटा गम्भीर समस्या पैदा भएर देश गम्भीरतर्फ गएकाले सरकारको नेतृत्व गर्नेले त्यसलाई ध्यान दिनुपर्ने धारणा राखे।
ओलीले अन्य पार्टीसँग एमालेले राखेका सर्त लागू भए मात्र सहकार्य गर्ने सक्ने स्पष्ट पारे। उनले भने, वैचारिक र कार्यक्षमताका हिसाबले हाम्रो पार्टी शासन चलाउन योग्य हो तर अंक गणितमा पुगेन। तर एमाले पदको बार्गेनिङमा लागेको छैन।
कसैसँग मिल्दा पद दिन्छ दिन्न भन्ने होइन। हामी देशप्रतिको जवाफदेहिता, परिस्थितिसँगको गम्भीरता बुझिरहेका छौं, सामना कसरी गर्ने भन्ने कमिटमेन्ट चाहन्छौं।
प्रचण्डले र शेरबहादुरले के कमिटमेन्ट गर्छन् त्यसतर्फमात्र एमालेको ध्यान रहेको उनले उल्लेख गरे। ओलीले एमालेसँग प्रचण्डले प्रतिबद्धतासहित सहकार्यको प्रस्ताव गरे सहकार्य गर्न सक्ने संकेत गरे।
प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार १२:०३