इनरुवा, ८ फागुन -: सुनसरीको इनरुवामा राहत लुकाएको आशंकामा वडा अध्यक्षले घर भाडा लिई संचालनमा ल्याएको गोदाम प्रशासनले सिल गरेको छ ‘। उजुरीपश्चात छानविनको क्रममा टोलीले ४५० बोरा चामल फेला पारेपछि सो गोदाम सिल गरेको सुनसरी प्रशासनले जनाएको छ ‘।
सिल गरिएको गोदाम घर महेन्द्रचोकका युवराज दाहालको भएको खुलेको छ’ । प्रशासनले दाहालको घर भोक्राहा नरसिंह गाउँपालिकाका वडा अध्यक्ष हारुन अन्सारी र हातिम अन्सारीले भाडामा लिएको खुलेको जनाएको छ’ ।
भोक्राहाकै स्थानीयको उजुरीका आधारमा प्रशासनले छानविन थालेको जनाएको छ । सुनसरी प्रशासनका अनुसार कोरोना महामारीका बिच घोषित लक डाउनको क्रममा विपन्नलाई वितरण नगरी वडा नम्बर ४ का अध्यक्ष हारुन अन्सारी र वडा नम्बर ८ का अध्यक्ष हातिम अन्सारीले चामक लुकाएर राखेको दावी सहितको उजुरी परेको छ’ । उनीहरुले साबुन समेत लुकाएर राखेको सूचना प्रशासनलाई दिएको बुझिएको छ ।
सुनसरीका प्रमुख जिल्ल अधिकारी फणिन्द्रमणि प्रजिअ पोखरेलले फेला परेको उक्त परिमाणको चामल कसले कुन प्रयोजनको लागि राखेको हो भन्ने विषयमा छानविन थालिएको बताए ‘।
सुनसरी प्रशासनले सो सम्वन्धमा परेको उजुरी, प्राप्त सुचना र फेला परेको गोदामको विषय केन्द्रीत रहि भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय समक्ष विस्तृत जानकारी खुलाई लिखित जवाफ पठाउन पत्र काटिएको जनाएको छ ‘।
प्रजिअ पोखरेलले गाउँपालिकाबाट प्राप्त जवाफ सँगै आवश्यक्ता अनुरुप उजुरी परेका वडा अध्यक्षमाथि समेत सोधपुछ गरिने बताए । उनले घरधनी सँग समेत सोधपुछ गरिएको बताए ‘। प्रशासनबाट प्राप्त जानकारी अनुसार घरधनीले आफ्नो घरको तल्लो फ्लाइटमा कात्तिक महिना देखिनै चामल भण्डारण गरेर राखिएको बताएका छन्’ ।
घरधनीलाई उद्धृत गर्दै प्रशासनले दिएको जानकारी अनुसार वडाअध्यक्ष हारुन र हातिम अन्सारीले ८ हजार भाडा तिर्दै आएका छन् । घरधनी दाहालका अनुसार आफुले भाडामा लगाएको तल्लो फ्लाइटका कोठामा २५ केजी दरका ४ सय ५० बोरा रहेको बताए । उनले भाडा लिनेले व्यक्तिगत प्रयोजनको चामल भनेर राखेको जानकारी दिएका छन्’ ।
उता आरोप लागेका वडा अध्यक्षमध्येको हारुन अन्सारीले चामल व्यक्तिगत र ब्यापारिक प्रयोजनको लागि भण्डारण गरिएको बताएका छन् । उनीले चामल खरीदको विल समेत सुरक्षित रहेको बताए ‘।
भोक्राहाका उजुरकर्ता स्थानीयले भने स्वयं जनप्रतिनिधिले लक डाउनको समयमा गरिब र विपन्नलाई वितरण गर्न गाउँपालिकाले खरीद गरेको र अनुदानमा प्राप्त चामल वडा अध्यक्षले लुकाएर राखेको दावी गरेका छन्’ ।
व्यक्तिगत र ब्यापारिक प्रयोजनकाले लागि लामो समयदेखि चामल भण्डारण कोही कसैले नगर्ने भन्दै उजुरकर्ता सहित स्थानीयहरु सो चामल वडाअध्यक्षले नै लुकाएको दावी गर्छन् ‘। उनीहरुले लुकाएर राखेको चामल सहजै विक्रि गर्न सम्भव नहुँदा लामो समययता गोदाममा थन्किएर रहेको बताउँछन् ।भोक्राहामा यस अघि समेत पटक पटक राहतको विषयमा विवाद र हिनामिनाको घटना बाहिरिएका थिए ।न्युज २४ बाट
प्रकाशित मिति २०७७ फाल्गुण ८ गते शनिवार ११:५८