प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने सहमति

प्रचण्ड र ओली आलोपालो प्रधानमन्त्री बन्ने सहमति

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १० गते आईतबार ०४:४१

काठमाडौं ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको...

काठमाडौं ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो ।

अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरू राष्ट्रपति कहाँ सरकारको दाबी गर्ने भएका छन्।

त्यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ लागेका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

माओवादीको एक नेताले भने- ‘बालकोटमा सहमति जुट्यो, सीएम पीएम बन्दै हुनुहुन्छ अब केहीबेरमा सहमति सार्वजनिक हुन्छ ।’ प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बताइएको छ ।

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेपनि आधिकारी निर्णय भने सावर्जनिक गरिएको छैन । उक्त निर्णय केहीबेरमा सार्वजनिक गरिने ती नेताले बताए ।

प्रकाशित मिति २०७९ पुस १० गते आईतबार ०४:४१
प्रतिक्रियाहरु