काठमाडौं, ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सत्ता प्रधानमन्त्री शेरबहादुर देउवा सारै धोकेवाज र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अति कृतघ्न पात्र रहेको बताउनु भएको छ ।
गठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएपछि माओवादी नेताहरुसँग प्रचण्डले यस्तो बताउनु भएको हो । बालुवाटार वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगिसक्नु भएको छ । त्यसअघि आफू निकट नेतासँग प्रचण्डले देउवा र माधवको बिषयमा कठोर टिप्पणी गर्नुभएको हो ।
कांग्रेसले आफ्नो अपमान गरेको भन्दै प्रचण्डले चित्त दुखाएको नेताहरूले बताएका छन् । ती नेताका अनुसार प्रचण्डले माधव नेपालको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै कृतघ्न पात्र रहेछन भन्नुभएको हो । प्रचण्डको भनाई उधृत गर्दै माओवादीका एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘देउवा भयंकर धोकेवाज, माधव नेपाल सारै कृतघ्न पात्र रहेछन ।’
हामी प्रतिपक्षमै बस्छौं, प्रचण्ड धाेकेबाज रहेछन सल्लाह नै गरेनन् : माधव नेपाल
कपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल सरकारमा सहभागी नहुने बताएका छन् । सत्ता गठबन्धन टुटेपछि माधव नेपालले पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
सो छलफलमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सल्लाह नै नगरी एमालेसँग वार्ता गरेको भन्दै आक्रोश पोखेका थिए । उनले आफ्नो दल अब प्रतिपक्षमै बस्ने पनि प्रतिक्रिया दिए ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । नेपालले भने,”हामीसँग सल्लाह नै नगरी प्रचण्डजी बालकोट जानुभयो । उहाँहरुले मिलेर सरकार बनाए भयो । हामी प्रतिपक्षमै बस्छौं ।”
विश्वप्रकाशकाे नयाँ प्रस्ताव–स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराऔँ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु तर्कपूर्ण हुने बताएका छन् । नयाँ सरकारबारे सात बुँदे धारणा राख्दै शर्माले अहिलेको गठबन्धन टुट्न नहुने र रास्वपालाई पनि सरकारमा सहभागी गराएर जानु तर्कपूर्ण हुने बताएका हुन् ।
उनले संसद पाँच वर्ष टिकाउन लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गर्नुपर्ने बताएका छन् । सरकारमा अनुभवी र नयाँको संयोजन हुनुपर्ने उनको धारणा छ ।
प्रधानमन्त्री नपाए माओवादी प्रतिपक्षमा बस्ने, गठबन्धन भंग हुने सम्भावना प्रवल नयाँ सरकारकाे नेतृत्व नपाए नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिने भएकाे छ । आज बिहान बसेकाे माओवादी नेताहरूकाे बैठकले सरकारकाे नेतृत्व नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेकाे स्राेतले बताएकाे छ ।
माओवादी केन्द्रले पहिलाे चरणमै सरकारकाे नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेकाे छ । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेकाे छैन ।
कांग्रेसले प्रधानमन्त्री दिन नमाने माओवादी गठबन्धनबाट बाहिरिएर प्रतिपक्षमा बस्न तयार हुनुपर्ने दबाब नेताहरूले अध्यक्ष प्रचण्डलाई दिएका थिए । पार्टीका नेताहरूकाे सन्देश बाेकेर प्रचण्ड बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् ।
स्राेतहरूका अनुसार प्रधानमन्त्री दिन कांग्रेस तयार नभए माओवादीले बालुवाटार बैठकबाटै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय लिनेछ । ‘माओवादी सरकारमै रहनुपर्छ भन्ने केही छ र ? प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्छ’, माओवादीका एक प्रभावशाली नेताले भने ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि गठबन्धन रहने कि नरहने भन्ने विषय आजकाे बैठकबाट टुंगाे लाग्ने बताए । ‘निर्णायक वार्ता प्रचण्डले गर्नुहुन्छ । गठबन्धन रहने नरहने टुंगो त्यहीँबाट लाग्छ’, उनले भने ।
प्रकाशित मिति २०७९ पुस ११ गते सोमबार ०८:५२