६ मन्त्रालय एमालेलाई, विष्णु पौडेलले नेतृत्व गर्ने

६ मन्त्रालय एमालेलाई, विष्णु पौडेलले नेतृत्व गर्ने

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस ११ गते सोमबार ११:३७

काठमाडौं पुस ११ नेकपा एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। पार्टीबाट सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा अहिले छलफल चलिरहेको छ। सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री...

काठमाडौं पुस ११

नेकपा एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। पार्टीबाट सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा अहिले छलफल चलिरहेको छ।

सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिने केही मन्त्री एमालेले टुंगो गर्न लागेको हो। एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गर्ने सम्भावना छ। तर उनको मन्त्रालयको टुंगो भइसकेको छैन।

ओलीसहित छलफलमा महासचिव शंकर पोखरेल, उपमसहासचिव विष्णु रिमालहरु बालकोटमै छन्। एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा ओलीलाई दिएको छ। ओलीले नै ती नामहरुको टुंगो लगाएको बताइएको छ।

एमालेबाट केही पुराना र नयाँ नाम मन्त्रीका लागि चर्चा भइरहेको छ। सत्ता गठबन्धनमा एमालेले ६ र माओवादी केन्द्रले तीन मन्त्रालय लिने तय भइसकेको छ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुँदैछन्। त्यस्तै वर्षमान पुनको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन् ।

पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।प्रचण्डको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “माधव नेपाल मैले सोचेजस्ता रहेनछन् । समग्र प्रक्रियामा माधव नेपालको भूमिका ठिक भएन । जता पनि अप्ठेरो पार्ने उनको स्वभाव रहेछ ।”

त्यसैगरी शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको प्रचण्डको भनाई थियो ।देउवा पूर्वसहमतिबाट पछि हटे, माओवादीलाई धोका दिन खोजे,” उनको भनाई थियो, “हामीसँग गठबन्धन हुँदाहुँदै एमालेसँग मिल्न खोजे ।

समय घर्काएर आफैं प्रधानमन्त्री हुने र एमालेको समर्थन लिने उनको रणनीति थियो । यो सबै बुझेपछि हामीले नयाँ पहल थालेका हौँ ।यसबीचमा एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको दाहालको भनाई थियो ।

प्रकाशित मिति २०७९ पुस ११ गते सोमबार ११:३७
प्रतिक्रियाहरु