मुलुकको सर्वोच्च पदमा को पुग्ला ?

मुलुकको सर्वोच्च पदमा को पुग्ला ?

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १२ गते मङ्गलबार ११:४७

नवनिर्मिति सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई नेपालको ४४ औं प्रधानमन्त्री बनाउँदै गर्दा अब नयाँ राष्ट्रपति को बन्ला भनेर चर्चा सुरु भएको छ । एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा...

नवनिर्मिति सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई नेपालको ४४ औं प्रधानमन्त्री बनाउँदै गर्दा अब नयाँ राष्ट्रपति को बन्ला भनेर चर्चा सुरु भएको छ ।

एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ ।

राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपति धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो ।

एमालेका एक नेताका अनुसार, राष्ट्रपतिका लागि चार जना नेताको नाममा छलफल हुने सम्भावना छ ।

स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ । यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ ।

दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि बिदा हुँदै छिन् ।

संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफैं पनि उक्त पदमा जान इच्छुक देखिन्छन् । यसैगरी एमालेले आफ्नो पार्टीभित्र रहेका अन्य केही पुराना र दलित जनजातिका नेतालाई पनि राष्ट्रपति बनाउन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार अमृतकुमार बोहोरा पनि राष्ट्रपतिका बलिया दाबेदार हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलाई पनि एमालेले राष्ट्रपतिको रुपमा अगाडि सार्ने सम्भावना बलियो छ । निर्वाचनमा पराजय भोगेका पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले राष्ट्रपति बताउन सक्ने एमाले नेताहरूको आंकलन छ ।

 

प्रकाशित मिति २०७९ पुस १२ गते मङ्गलबार ११:४७
प्रतिक्रियाहरु