काठमाडौं।
मन्त्रिपरिषद विस्तार, सरकारको न्युनोतम साझा कार्यक्रमलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद...
काठमाडौं।
मन्त्रिपरिषद विस्तार, सरकारको न्युनोतम साझा कार्यक्रमलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद विस्तार, सरकारको न्युनोतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए।
बिहीबार बालुवाटारमा भएको सत्ता साझेदार दलको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो। प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रिपरिषद विस्तारलगायतका विषय प्याकेजमै टुंग्याउने गरी छलफल भइरहेको छ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन्। त्यसअघि नै सबै पद प्याकेजमा टुंग्याउने गरी दाहाल र ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७