सन्दीप लामिछानेको ‘डिप्रेसन’ लेभल बढ्यो, बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी पुगे कारागार

सन्दीप लामिछानेको ‘डिप्रेसन’ लेभल बढ्यो, बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी पुगे कारागार

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १८ गते सोमबार ०५:३७

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ । लामिछानेको डिप्रेसन मात्रा बढेसँगै सोमबार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी कारागारमा पुगेर लामिछानेलाई...

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ ।

लामिछानेको डिप्रेसन मात्रा बढेसँगै सोमबार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी कारागारमा पुगेर लामिछानेलाई मनोपरामर्श दिएको बताइएको छ ।

डिप्रेसनले अलि बढी सताउन थालेपछि केही समययता सन्दीपको बोली बचन र व्यवहारमा अरुबेलाभन्दा भिन्न देखिएको छ । त्यसैले अहिले सन्दीपलाई मनोपरार्श चाहिएकाले मनोपरामर्शविद रेग्मी त्यहाँ पुगेकी हुन् ।

कारागारमा काउन्सिलिङका लागि भिन्नै कोठाको व्यवस्था नहुँदा सन्दीपलाई काउन्सिलिङ गर्न कठीन भएको छ। अहिले सामूहिक कैदी बन्दीहरू बसेकै कोठामा काउन्सिलिङ गर्नुपर्ने बाध्यता रहेको छ ।

सन्दीप असोज २० गते १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा त्रिवि विमानस्थलबाट पक्राउ परेका थिए ।

विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका हुन्।

सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गर्नुभएको हो । विराटनगरको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत यादवको गोजीबाट रकम हराएको थियो ।

भट्टले सो रकम बैंकबाट कसैले झिकेको र बाटोमा खसेको हुनसक्ने आँकलन गरेर बैंकका कर्मचारीलाई जिम्मा लगाउनुभयो । भट्ट र बैंकको अथक प्रयासपछि रकम हराउने यादव लामो समयपछि भेटिएका हुन्। आफूले बाटोमा असोज २५ गते उक्त रकम भेटाएको भट्टले बताए।

ग्लोबल आइएमई बैंक तीनपैनी शाखाका व्यवस्थापक राजेश विष्टले बैंकबाट निस्किएको व्यक्तिको रकम खसेको हुनसक्ने भन्दै बैंकलाई रकम जिम्मा लगाइएपछि रकम हराउने व्यक्तिको पहिचान गर्न चुनौती भएको बताए।

यादवको पहिचानपछि उनले असोज २५ गते जम्मा गरेको रकमको भौचरमा भएको फोन नम्बरमा फोन गर्दा स्वीच अफ हुँदा भेट हुन र रकम फिर्ता दिन समस्या भएको विष्टले बताए।

सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी विराटनगरका अध्यक्ष मीना जोशीले रकम भेटाएर पनि घर नलगेर बैंकमा बुझाएर भट्टले उदाहरणीय काम गरेको बताए।

प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार ०५:३७
प्रतिक्रियाहरु