भारतीय कम्पनी Seven3Sports र नेपाल क्रिकेट संघको (CAN ) मिलेर आयोजना गरेको नेपाल प्रीमियर लिग स्थगित !
बिना दर्शक र अब्यवस्थितताको कारण भारतीय कम्पनी Seven3Sports र नेपाल क्रिकेट संघको (CAN ) मिलेर आयोजना गरेको नेपाल प्रीमियर लिग स्थगित हुने क्रममा छ !
आज बिहान ९ बजेबाट सुरु हुन पर्ने काठमाडौँ – बिराटनगर बिचको खेल स्थगित भएको छ र स्थगितको कारण दुब्बै टोलि आयोजक संग रुस्ट भएको बुझिन्छ !
बिगत ४-५ वर्ष देखि नेपालीहरु माझ लोकप्रिय एभरेस्ट प्रीमियर लिगले अहिले स्थगित यो नेपाल प्रीमियर लिग भन्दा धेरै राम्रो र सफल आयोजना गरेको प्रस्ट देखिन्छ !
एभरेस्ट प्रीमियर लिगमा किर्तिपुर रंगशाला दर्शकहरुले भरिएको हुन्थ्यो भने अहिले लगभग खाली छ !
यो पनि पढ्नुहोस
नेपाल टी-२० लिगमा मंगलबार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलअघि खेलाडीहरू टस गर्नै नमानेपछि प्रतियोगिता नै अनिश्चित बनेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी लिगमा दिनमा दुई खेल हुने गरेका छन्। पहिलो खेलको टस ८:३० बजे हुनुपर्नेमा खेल सुरु हुने समय भइसक्दा पनि खेलाडीहरुले टस गर्न मानेका छैनन्। खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएकै कारण प्रतियोगिता प्रभावित बनेको चर्चा छ।
त्यसमाथि नेपाल टी २० लिग आयोजनाको अधिकार किनेको भारतीय कम्पनी प्रतिनिधिसमेत सम्पर्कविहीन भएको हल्लाले क्रिकेट वृत्त तरङ्गित बनेको छ।
प्रकाशित मिति २०७९ पुस १९ गते मङ्गलबार १०:३७