राष्ट्रपति हामिले पाए सरकारमा सहभागी हुन्छौ – माधव नेपाल

राष्ट्रपति हामिले पाए सरकारमा सहभागी हुन्छौ – माधव नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २१ गते बिहिबार ०२:१५

प्रधानमन्त्री प्रचण्ड लाइ भेटे पछि माधवले भने राष्ट्रपति दिने भए सरकारमा सहभागी हुन्छौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग विश्वासको मत मागेका छन्।

सात दलका १६६ सांसदको समर्थनमा प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिँदैछन्।

यस्तोमा प्रचण्डले सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को दल कार्यालयमा भेटेर अध्यक्ष नेपालसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेको स्वकीय सचिव रमेश मल्लले बताए।

प्रचण्डको उक्त आग्रहपछि अध्यक्ष नेपालले यसबारेमा पार्टीमा आवश्यक छलफलपछि उचित निर्णय लिने बताएका छन्।

प्रचण्डजीले विश्वासको मत दिन आग्रह गर्नुभएको छ। मैले यसबारे पार्टीमा छलफल गर्छु भनेको छु’, नेपालले भेटपछि भने।

उक्त भेटका क्रमम सरकारमा जानेबारे कुनै कुरा नभएको नेपालले बताए। ‘सरकारमा जाने नजाने कुरा भएन’, उनले भने, ‘केवल विश्वासको मतबारे संवाद भयो।’

मंसिर ४ को निर्वाचनमा समाजवादीले १० सिट जितेको छ। तर १७ महिनासम्मको सहकार्य तोडेर सल्लाह नै नगरी प्रचण्डले एमालेसँग सहकार्य गरेको भन्दै अध्यक्ष नेपाल असन्तुष्ट छन्।

प्रकाशित मिति २०७९ पुस २१ गते बिहिबार ०२:१५
प्रतिक्रियाहरु