गृहमन्त्रीको नागरिकता विवादबारे आज सर्वोच्चमा छलफल हुने

गृहमन्त्रीको नागरिकता विवादबारे आज सर्वोच्चमा छलफल हुने

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २२ गते शुक्रबार १०:४८

काठमाडौं। गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ। लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि...

काठमाडौं। गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।

अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए। कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन्।

रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ।

त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ।

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार १०:४८
प्रतिक्रियाहरु