विष्णु पौडेलले जनार्दनमाथि अनुसन्धान सुरु गरे पछि प्रचण्ड सरकार बाट बाहिरिने चेतावनी

विष्णु पौडेलले जनार्दनमाथि अनुसन्धान सुरु गरे पछि प्रचण्ड सरकार बाट बाहिरिने चेतावनी

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २२ गते शुक्रबार ०९:०१

काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बनेपछि प्रहरीले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा आलोचित भएको विषयमा अनुशन्धान थालेको छ। अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याएको आरोपमा अछामका पृथ्वीबहादुर शाहसहित...

काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बनेपछि प्रहरीले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा आलोचित भएको विषयमा अनुशन्धान थालेको छ। अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याएको आरोपमा अछामका पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरेको हो। प्रहरीले अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ । पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । विजयविक्रम पृथ्वी शाहका भाई हुन् ।

उनीहरुलाई अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले बताए। ०७८ चैतमा पहिलो पटक यो विषय चर्चामा आएको थियो।

दुई महिनाअघि अछामको बान्नीगढी जयगढ घर भएका ब्यापारी पृथ्वीबहादुर शाह र परिवारको खातामा विदेशबाट करिब ४० करोड रुपैयाँ आएको र उक्त पैसा राष्ट्र बैंकले रोक्का गरेपपछि टुटाउन तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले चलखेल गरेको आरोप लागेको थियो।

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेर शाह र परिवारका नाममा आएको रकम जफत गर्न तथा उक्त रकम अमेरिकालाई फिर्ता दिन राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। पत्राचार लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो ।

राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उक्त रकमका विषयमा अनुसन्धान थालेको थियो। तर, सोही पैसा छुटाउन अर्थमन्त्री जनार्दन शर्माको सकृयता देखिएको थियो।

Source-galaxykhabar

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार ०९:०१
प्रतिक्रियाहरु