हामीबीच धेरै चुनौति छन् तर पनि देश बिकाश गरेर छाड्छौ: अध्यक्ष ओली

हामीबीच धेरै चुनौति छन् तर पनि देश बिकाश गरेर छाड्छौ: अध्यक्ष ओली

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २५ गते सोमबार ०२:४२

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको दिनमा सरकारलाई धेरै चुनौति रहेको बताएका छन् । संसदको पहिलो बैठकमा बोल्दै उनले मुलुक सहज अवस्थामा नरहेको टिप्पणी गरे । आज देशमा धेरै समस्याहरु छन् । अहिले पनि मानिसहरु...

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको दिनमा सरकारलाई धेरै चुनौति रहेको बताएका छन् ।

संसदको पहिलो बैठकमा बोल्दै उनले मुलुक सहज अवस्थामा नरहेको टिप्पणी गरे ।

आज देशमा धेरै समस्याहरु छन् । अहिले पनि मानिसहरु शरीरमा गोली बोकेर बसेका छन् । आन्दोलनको असरबाट हामी मुक्त भइसकेका छैनौ,’ उनले भने, ‘अहिले पनि विभिन्न आन्दोनमा सहादत प्राप्त गरेका विधुवाहरु छन् । एकल महिला र पुरुषहरु छन्। टुहुराहरु छन् । उनीहरुको रेखदेख र हेरचाह गर्नुछ ।

त्यस्ता चुनौतिहरुलाई नहेरेर खाली कुर्सीतर्फ मात्रै कुर्सीतिर मात्रै लाग्नु नहुने अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले व्यक्तिगत मान सम्मानका लागि नभइ आफूहरु देश चलाउन संसद छिरेको बताए ।

उनले भने, ‘देश चलाउनका लागि आएका हौँ । हामी सांसद हुनका लागि नभइ संसद भएर देश चलाउनका लागि संसदमा आएको हौँ।नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयका आज बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले मङ्गलबार विश्वासको मत लिँदैछ ।
सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रियसभातर्फका दलका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरुसँग पनि छलफल गर्न आग्रह गर्नुभएको पाण्डेले बताए ।

बैठकमा प्रधानमन्त्री दाहालले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरुसँग पनि छलफल भएको जानकारी गराए ।

बैठकमा प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निर्वाह गर्ने भूमिकालाई रचनात्मक र जनपक्षीय बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०२:४२
प्रतिक्रियाहरु