नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीको बालिग भएको प्रमाण अस्पतालले पठाएको छ ।
आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको जन्मदर्तामा किशोरीको उमेर...
नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीको बालिग भएको प्रमाण अस्पतालले पठाएको छ ।
आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको जन्मदर्तामा किशोरीको उमेर २०६१ साल जेठ १८ गते देखिएको सन्दीप लामिछानेका एक वकिलले बताए । पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो ।
अस्पतालको तथ्यांकमा उनको जन्ममिति २०६१ जेठ २ उल्लेख रहेको देखिएको वकिलहरूको दाबी गरेका थिए त्यो अहिले पुष्टि भएको छ ।
केही दिन अगाडि नुवाकोटबाट किशोरी रहेको भनिएको गाउँपालिकाले पठाएको रेकर्डअनुसार अस्पतालले पठाएको जन्ममिति मिलेको ती वकिलले बताए ।
पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख गरिएको छ । जन्मदर्तामा जन्ममिति २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाएको पाइएको छ ।
सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् ।
पीडित नाबालिग नभएको हामीले तथ्य फेला पारेका छौं, त्यसको प्रमाण हामीसँग छ, त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रिमालले भनेकी थिइन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७