नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बस्नेछ।
दल नेता सभापति शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका हुन्। प्रतिनिधि सभामा कांग्रेसका...
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बस्नेछ।
दल नेता सभापति शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका हुन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्री दाहालले सोमबार साँझ देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेकोले के गर्ने भन्ने विषयमा आज संसदीय दलमा छलफल गरी निर्णय गर्ने तयारीमा कांग्रेस छ।
कांग्रेसभित्र प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने आवाज पनि उठेको छ। उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद प्रदीप पौडेललगायत प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने अडान राखिरहेका छन्।
सभापति देउवा पक्ष प्रतिपक्षी भूमिकामा बस्ने कि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भन्ने विषयमा मुख खोलेका छैनन्। उनीहरूले संसदीय दलबाट आधिकारिक निर्णय गरेपछि मात्रै यसबारे बोल्ने बताइरहेका छन्।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७