प्रचण्डलाई माधव नेपालको सल्लाह–‘गफाडी बोकेर नहिँड्नुस्’ कुन बेला चिप्लिनु हुने छ

प्रचण्डलाई माधव नेपालको सल्लाह–‘गफाडी बोकेर नहिँड्नुस्’ कुन बेला चिप्लिनु हुने छ

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस २६ गते मङ्गलबार ०३:४२

काठमाडौं ।नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै गफ गरेर देश नबन्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गफाडी बोकेर नहिँड्न सल्लाह दिएका छन् । उनले कुराले चिउरा नभिझ्ने बताउँदै चिउरा भिजाउन...

काठमाडौं ।नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै गफ गरेर देश नबन्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गफाडी बोकेर नहिँड्न सल्लाह दिएका छन् ।

उनले कुराले चिउरा नभिझ्ने बताउँदै चिउरा भिजाउन कि दूध कि दही चाहिने भन्दै गफ होइन काम गर्ने व्यक्तिको खाँचो रहेको औँल्याए ।

उनले भने, ‘कुरा कम गरौँ काम धेरै गरेर देखाऔँ । कुरा सुन्दा सुन्दा हाम्रो कान थाकिसक्यो, वाक्क दिक्क भइसक्यो । हामी कुरामा, गफमा कम छैनौँ । गफाडीका राजाहरु पनि हामीलाई भनिसकेका छौँ । र, त्यस्तो गफाडी संस्कारलाई बोकेर नबढुनुहोला प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण मैले गराउन चाहन्छु ।’

भ्रष्टाचारको जरो राजनीतिक इच्छाशक्ति नै कमी भएकोले यो प्रवृत्ति फैलिरहेको पनि उनले बताएका छन् । साथै, राजनीति दल आफैँ भ्रष्टाचारको उत्प्रेरक भएकाले पनि यो परिस्थिति सिर्जना भएको बताए । साथै, जोसुकै होस् त्यस्ता भ्रष्टाचारीलाई सजाय दिनुपर्ने पनि उनले सल्लाह दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतमा समर्थन गर्दैै उनले प्रधानमन्त्रीले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिबद्धताको सराहना गरे। साथै त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेकोसमेत उनले बताए।

उनले लामो समयदेखिको जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउन सरकार सफल होस् भनी कामना गरे। अध्यक्ष लिङ्देनले पुथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताए ।

प्रकाशित मिति २०७९ पुस २६ गते मङ्गलबार ०३:४२
प्रतिक्रियाहरु